२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीमा घरमै प्रसूति हुनेको संख्या शून्य

अ+ अ-

म्याग्दी । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अंकमा कायम राखेको छ ।

आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसूति सेवालाई प्राथमिकता दिएको हो ।

प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको संख्या लगातार तेस्रो वर्ष शून्य बनाइएको नगरप्रमुख सुरत केसीले बताए।

‘बेनी नगरपालिकामा बसोबास गर्ने शतप्रतिशत गर्भवतीले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन्”, उनले भने, “घरमा प्रसूति हुनेको संख्यालाई शून्यमा कायम राख्न चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

बेनी नगरपालिकामा आव २०८१/८२ मा सुत्केरी भएका चार सय ३७ जनाले सुरक्षित प्रसूति सेवा लिएका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए। चालु आवको साउन र भदौमा सुत्केरी भएका ६६ जनाले पनि स्वास्थ्य संस्थामै पुगेर सुरक्षित प्रसूति सेवा लिएका उनले बताए । 

बेनी नगरपालिकामा आव २०७८/७९ मा आठ सय ४७, २०७९/८० मा छ सय ७७, २०८०/८१ मा तीन सय ९२ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताउँछ ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’ शून्य बनाइएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । दशवटा वडा रहेको बेनी नगरपालिकामा प्रदेश अस्पताल बेनी, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । 

अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन् । आठ टक गर्भजाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति छ ।