२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३औँ नगर कार्यपालिका बैठकमा बालेन र एक वडाध्यक्षबीच घेचपेच

अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर एक वडाध्यक्षबीच घेचपेच चलेको छ।

बैठकमा नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माण गर्न जग्गा भाडा सम्झौता गर्ने सम्बन्धी प्रस्ताव पेश हुँदा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकार वडाध्यक्षबीच नोकझोक भएको हो।

बैठकमा महानगरपालिकाको २६ नम्बर वडामा रहेको नेपाल स्काउटको जग्गा भाडामा लिने सम्बन्धी प्रस्ताव पेश भएको थियो। स्काउटको कार्यकारिणी समितिले महानगरलाई जग्गा भाडामा दिन सैद्धान्तिक सहमति दिइसकेको छ।

प्रस्ताव पेश भएपछि एक वडाध्यक्षले यसमा मेरो आपत्ति छ भन्दै पहिला महानगरको आफ्नै भवन बनाउनु पर्नेमा ध्यान नपुगेको भन्दै आपत्ति जनाए।

‘पहिला आफ्नो घर बनाऔँ न। हामीले आफैँले हाम्रो महानगरको भवन बनाउन सकेका छैनौँ। भाडामा बस्नु परेको छ। महानगरका जनताको पैसा उठाएर जहिल्यै भाडा तिरेर बस्ने हो ?’ ती वडाध्यक्षले प्रस्तावमाथि आपत्ति जनाउँदै भने, ‘नगर प्रहरी कुन अवस्थामा बसेको छ ? नगर प्रहरीलाई चाहिएको ब्यारेक बनाउन सकिएको छैन। यी काम गरेपछि मात्र अन्यत्र लागौँ। पहिले आफ्नै घर बनाऔँ।’

त्यसपछि मेयर बालेनले महानगरपालिकाको भवन निर्माणको काम तिहारपछि सुरु हुने जानकारी गराए।

वडाध्यक्षले स्काउटको जग्गा कसैलाई दिनु हुँदैन भनेर अदालतमा मुद्दा परिरहेको सन्दर्भ निकाल्दै यस्तो बेला सम्झौता गरेर किन अस्पताल भवन बनाउनेतिर लाग्ने ? भन्दै प्रश्न गरे।

बालेनले पुनः तिहारपछि निर्माण कार्य सुरु हुने बताए।

अध्यक्षले प्रतिप्रश्न गरिरहे– ‘कुन बेला सुरु हुन्छ, तपाईँ हामी आएकै साढे तीन वर्ष भइसकेको छ। जहिले अब हुन्छ तब हुन्छ भनेर आश्वासन दिएर हुन्छ ? त्यहाँ ठेकेदारले सामानहरू राखिरहेको छ। काम सुरु नहुँदा ठेकेदारले क्षतिपूर्ति माग्यो भने के गर्ने ? घर बनाउन लाग्नेभन्दा बढ्ता क्षतिपूर्ति दिनुपर्ने होला फेरि।’

मेयर बालेनले आश्वासन दिएको नभई प्रतिप्रश्न गरे-तिहार पछाडि होस् भन्न खोज्नु भएको कि नहोस् भन्न खोज्नु भएको ? भनेपछि नबनोस् भन्न खोज्नुभएको हो ?

वडाध्यक्षले जवाफ दिए– ‘नबनोस् भनेको होइन, छिटो बनोस् भनेको हो।’

बालेन पनि तातिए– ‘तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले ?’

वडाध्यक्ष बोलिरहेका थिए। बालेन पनि बोलिरहे-‘१० दिनको तिहार मैले आजै कसरी सकाइदिनु त।’

‘हत्तेरिका। त्यो गरेन भनेदेखि तपाईँले जिम्मा लिनुस्। आजभन्दा दुई वर्ष अगाडि पनि तपाईँले जिम्मा लिनुभएको थियो,’ वडाध्यक्षले पुराना कुरा कोट्याउन खोजे।

मेयर बालेन फेरि तिहारकै कुरामा अडिए। ‘आजै सकाउन मिल्छ तिहार ?,’ उनले भने।

वडाध्यक्षले थपे-‘आजै होइन भन्या। सुरुवात त गर्न पर्‍यो नि।’

‘ए, ए, ल, ल, तिहारलाई चाँडै सक्किन भन्छु म हस्।’ वडाध्यक्षलाई खिसी गर्दै बालेनले भने।

वडाध्यक्ष पुनः बोल्न खोज्दै थिए। बालेन अगाडि बढेर प्रस्ताव नम्बर तीन प्रस्तुत गर्न निर्देशन दिएका छन्।