२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी कसले लिने ? भन्दै एमाले बैठकमा उषाकिरणको प्रश्न

अ+ अ-

काठमाडौँ। नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेकपा एमालेविरुद्ध लागेका विदेशी शक्ति को हुन् भनेर प्रश्न गरेकी छिन् ।

ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले एमालेविरुद्ध लागेका कुन-कुन विदेशी शक्तिहरू हुन् ? भनेर प्रश्न गरिन् ।

जेनजी आन्दोलनमा घुसपैठ भएको र विदेशी शक्तिसमेत लागेर प्रतिक्रान्तिको षड्यन्त्र गरेको भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिप्रति इंगित गर्दै तिम्सेनाले प्रश्न गरिन्, ‘कुन-कुन वैदेशिक निकायहरू हुन् नेकपा एमाले विरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ ?’

उनले जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवारी कसले लिने हो भनेर पनि प्रश्न गरिन् ।

‘अस्ति भर्खर स-साना नानीहरूको कत्लेआम भयो । खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । ती सबैको नैतिक जिम्मा कसले लिने हो ?’ उनले भनिन्, ‘गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी आइजिपीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?’

२०७९ को निर्वाचन पछाडि ‘सक्किने की सच्चिने ?’ भन्ने बहस भएको स्मरण गर्दै उनले जेनजी आन्दोलनपछि देश सक्किने सीमा कहाँसम्म हो ? भनेर पनि सोधिन् ।

‘आज, अस्तिको भदौ २३र२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ,’ उनले भनिन्, ‘यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो । त्यसलाई अनदेखा गर्न अब सकिन्न ।’