२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गर्न महेश बस्नेतको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीमा नेतृत्व परिवर्तन अनावश्यक तर्क भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष केपी ओलीको व्यक्तित्व र नेतृत्व अझ बलियो बनाएर पार्टी अझ एकताबद्ध, सुदृढ र अनुशासित बनाउनुपर्ने बताए।

उनले भने,‘संवेदनशील र जटिल समयमा पार्टीको स्थायित्व र कार्य दिशा सुनिश्चित गर्न केपी ओलीलाई पोखरामा हुने ११ औँ महाधिवेशनमा एक कार्यकालका लागि सर्वसम्मत रूपमा समर्थन गर्दा राम्रो हुन्छ। विद्या भण्डारी जस्ता नेताहरूलाई वैकल्पिक नेता मानेर पार्टीमा अन्तद्वन्द्व बढाउन नलागौँ।’

ओलीको विकल्प खोज्ने नेताहरू अध्यक्षको विकल्प खोज्दै ‘प्रचण्ड’ र माधव नेपालसँग पुग्ने खतरा रहेको टिप्पणी गरे

उनले भने, ‘निष्क्रिय रहेका प्रभावहीन पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको उचित मूल्यांकन गरी बिदा गरेर कमिटी पुनर्गठन गर्नु पर्छ। जेनजीको आन्दोलनमा मल जल गर्ने र पार्टीविरुद्ध लाग्नेहरूलाई पार्टीबाट बिदा गर्नुपर्छ ।’

असंवैधानिक रूपमा बनेको सरकार, कानुन विपरीत प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र असंवैधानिक संसद् विघटनविरुद्ध कानुनी र प्रतिरोधी जनआन्दोलन र अभियान सञ्चालन गर्नुपर्ने बताए।

आन्दोलनको नाममा चोरी, डाँका, ठगी र लुटपाटमा संलग्न अपराधीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरे।

असंवैधानिक सरकार निरङ्कुशतातर्फ अघि बढेको र निर्वाचनतर्फ ध्यान नदिएकोले स्वतन्त्र निष्पक्ष र धाधलिरहित र शान्तिपूर्ण चुनाव हुने वातावरण बनाउन जनसङ्घर्ष र दबाब लिनुपर्ने बताए।

देश, एमाले र पार्टी अध्यक्षमाथि प्रहार हुँदा आफूहरूले ढाड थापेर बचाएको बताए।

उनले थपे, ‘समग्र चुनौतीको सामना गर्न सक्ने पार्टी एमाले नै हो भन्ने कुरा जनताले बुझिसकेका छन्। कार्यकर्ताहरूले पनि बुझिसकेका छन्। तर, अझै धेरै नेताहरूले यो बुझ्न सकेका छैनन् किन ?’