काठमाडौँ । खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।
रौतहटको गरुडा नगरपालिका-५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह छन् ।
दुवै जनालाई स्थानीयले खोलाबाट उद्धार गरी संजिवनी अस्पताल शिव नगर पुर्याएका थिए, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहट जनाएको छ ।







