काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।
८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन्। शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणको राजीनामा स्वीकृत गरी वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई महासचिवमा नियुक्त गरिएको छ ।







