२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लुटेका हतियार र भागेका कैदी प्रयोग गर्दैनौँ भनेर दलहरूले स्वघोषणा गर्नुपर्छ’ : गृहमन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गरिने बताएका छन् । ती हतियारहरू राजनीतिक दलहरूले दुरुपयोग गर्न नहुनेमा उनले जोड दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा अर्याललाई लुटिएका हतियारले चुनावमा जोखिम उत्पन्न गर्दैन ? भनेर सोधिएको थियो । जवाफमा अर्यालले हतियारहरू कुनै पनि संगठित गिरोहको हातमा नपुगेको दाबी गरे ।

उनले भने, ‘हाम्रो विश्लेषणले ती हतियारहरू कुनै संगठित गिरोहको हातमा पुगेको छैन र पुग्दैन भन्ने नै छ । उनीहरू असंगठितरुपमा लुकिछिपी बसेका छन् । त्यसलाई जसरी पनि रिकभर गर्छौँ । ती भागेका कैदी बन्दीहरू र हतियारलाई राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौँ भनेर स्वघोषणा गर्नुपर्‍यो । अरूलाई प्रयोग गर्न दिँदैनौँ ।’

भागेका कैदी बन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधी क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने उनको माग छ ।