२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिक र अशक्त यात्रुलाई प्राधिकरणले दियो हवाई भाडामा ५० प्रतिशतसम्म छुट

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभित्रका हवाई यात्रुका लागि छुटको नयाँ व्यवस्था लागू गरेको छ । 

प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा आन्तरिक हवाईसेवामा ज्येष्ठ नागरिक र अशक्त यात्रुका लागि न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरिएको उल्लेख छ ।

प्राधिकरणका अनुसार ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकले अब आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, शारीरिक रूपमा अशक्त तथा फरक क्षमताका व्यक्तिलाई पनि हवाई भाडामा समान छुट लागू गरिने भएको छ । प्राधिकरणले सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरूलाई यो व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरूले आजैदेखि यो व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ।” प्राधिकरणले सबै कम्पनीहरूलाई सूचना प्रवाह गरी छुट सुनिश्चित गर्न आह्वान गरेको छ ।

महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले आन्तरिक उडानमा विशेष वर्गका यात्रुका लागि छुट व्यवस्था तत्काल प्रभावले लागू गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । यस कदमले हवाई सेवामा पहुँच विस्तार हुने र सबै वर्गका नागरिकलाई सुविधाको अनुभूति हुने अपेक्षा प्राधिकरणले व्यक्त गरेको छ ।