२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री खरेलसमक्ष कार्ययोजना पेस

अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ । प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ । 

आज सिंहदरवारस्थित मन्त्रालयमा सञ्चार मन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो । सो अवसरमा मन्त्री खरेलले काउन्सिलको अनुगमनलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए । उनले अनुगमन, तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरे ।

प्रस्तावित कार्ययोजना अनुरूप यही कात्तिकसम्म विशेष अनुगमन, मङ्सिरदेखि तथ्य जाँच तथा आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सन्दर्भमा विशेष अनुगमन गरिनेछ । यसका लागि आवश्यक प्रस्तावित बजेट र कार्यक्रम ढाँचा पनि काउन्सिलले हस्तान्तरण गरेको छ ।

काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार काउन्सिलको आचारसंहितासम्बन्धी अनुगमनलाई विशेष रूपमा अनुगमन गर्न तथ्य जाँच र सरकारले निर्वाचन सफल पार्ने लक्ष्यमा निर्वाचनसम्बन्धी आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रस्तावित कार्ययोजना पेस गरिएको छ । सञ्चार मन्त्री खरेलले हालै काउन्सिलको भ्रमणको सिलसिलामा काउन्सिलको कामलाई गतिशील र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना ल्याउन  निर्देशन दिनुभएको थियो । सोही अनुरूप काउन्सिलले कार्य योजनासहित आफ्नो सक्रियता बढाएको हो ।