२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व संकलन

अ+ अ-

काठमाडौँ । कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु. एक अर्ब ७९ करोड २८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व संकलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु. ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु. ६८ करोड ९८ लाख, अन्त:शुल्कतर्फ रु. पाँच करोड तीन लाख र अन्यतर्फ रु. ३५ करोड ५८ लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा भने पुग्न सकेको छैन । 

साउनमा रु. ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु. ५७ करोड ८० लाख, भदौमा रु. ७४ करोड २१ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु. ५३ करोड ७० लाख र असोजमा रु. ७६ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु. ६७ करोड ७८ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । चालु आर्थिक वर्षमा रु. नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको उनले बताए । 

तीन महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१/८२ मा पनि राजस्व लक्ष्यअनुसार संकलन भएको थिएन । गत आर्थिक वर्षमा रु. ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु. आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।