२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गणतन्त्रले विविध जाति, धर्म र समुदायलाई पहिचान दिएको छ’ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गरेको बताएका छन्।

तिहारको सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्रले विविध जाति, धर्म र समुदायका ऐतिहासिक सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा पहिचान दिएको पनि बताएका छन् ।

विविधतायुक्त संस्कार, संस्कृति एवं चाडपर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभई जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधारहरू समेत भएको उनको भनाइ छ । चाडपर्वले पर्वले पारिवारिक जमघट, सामाजिक, सांस्कृतिक सद्भाव तथा राष्ट्रिय एकता सुदृढ गर्ने उनको विश्वास छ ।

उनका अनुसार कृषिमा निर्भर मानव समुदायसँग प्रकृति र पशुपन्छीको गहिरो सम्बन्धलाई तिहार पर्वले उजागर गरेको छ । उनी अगाडि लेख्छन्, ‘यस पर्वमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नु र दीपावली गरी धनकी देवी लक्ष्मीको आराधना गर्नुले मानव समुदायलाई जीवन निर्वाहका लागि प्रकृति र पशुपन्छीको महत्त्व कति रहेछ भन्ने देखाउँछ ।’

तिहारको अन्तिम अर्थात् पाँचौँ दिन भाइटिका मनाइन्छ । यसले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र हार्दिकता प्रकट गर्नुका साथै टाढा रहेका दाजुभाइ दिदीबहिनीहरूको पुनर्मिलन गराउने दाहालको विश्वास छ ।

तिहारमा खेलिने देउसी भैलो लगायतका सांस्कृतिक गतिविधिले उल्लासमय माहोल बनाउनुका साथै नेपाली संस्कृति र पूर्वीय दर्शनको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेको दाहालले बताएका छन् ।

अन्तिममा उनी लेख्छन्, ‘तिहार पर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति उत्प्रेरित गर्ने विश्वासका साथ फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’