२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गहना लुटपाट भएको भन्दै काँग्रेस नेता कार्कीले दिए प्रहरीमा जाहेरी

अ+ अ-

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा घरबाट ६४ लाख बराबरका सुनचाँदीका विभिन्न गरगहना लुटिएको दाबी गर्दै नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरीमा जाहेरी दिएका छन् ।

कार्कीको जाहेरीपछि ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

मुद्दा चलेकाहरूमा उदयपुरको कटारी नगरपालिका-७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका-६ घर भई धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियार छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँका चोरीको कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दर्ता भएको हो ।

उनीहरूलाई ललितपुर जिल्ला अदालतले जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनीहरूलाई कारागार चलान गरिएको परिसरले जनाएको छ ।

उनीहरूले नेता तथा पूर्वमन्त्री कार्कीको भैसेपाटीस्थित घरबाट २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटपाट गरेको हो ।

नेता कार्कीले आफ्नो घरबाट ६४ लाख बराबरका गहगहना लुटेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जसमा नगद ५ लाख, १८ लाख मूल्य बराबरको हिराको २ थान गहना, १२ लाख बराबरको हिराको टप ७ थान, २५ लाख मूल्य बराबरको सुनको ४ सेट गहना, ३ लाख बराबरका मोतीको माला, १ लाख बराबरका थाँदीको थाल र किस्ती, चाँदीका कचौरी, चम्चा, चाँदीको गणेश भगवानको मूर्ति, कुवेरको मूर्ति, तामाको जग, गिलासलगायत गरी ६४ लाख ५३ हजार रुपैयाँ बराबरको गरगहना तथा सामान लुटिएको बताइएको छ ।

त्यसैगरी फर्निचर, कपडा, बा ९१ प ३९५९ नम्बरको यमाहा कम्पनीको मोटरसाइक, पल्सर मोटरसाइकल, स्कुटर समेत गरी १० लाख बराबरको सामान जलाएर क्षति गरिएको भन्दै उजुरी परेको थियो । सामान र गरगहना गरी करिब साढे ७४ लाखको क्षति भएको दाबी गर्दै उजुरी परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

लुटिएका सामान मध्ये प्रहरी केही भाडावर्तन समेत बरामद गरेको थियो । अहिले मुद्दा चलाइएका दुवै जना मिस्त्रीको काम गर्ने व्यक्ति रहेको पाइएको छ । मुद्दा चलाइएका मध्ये सञ्जय परियारविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको पाइएको छ ।