२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आफूहरूले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्। उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिष्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत् राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखेका छन्।

अध्यक्ष नेपालले सबै राजनीतिक दल र नेताहरूलाई उस्तै-उस्तै नठान्न आग्रह समेत गरे। उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगायत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरू सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको बताए। उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने जिकिर गरेका छन्।

अध्यक्ष नेपालले जेनजी पुस्ताहरूको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानबिन हुनुपर्ने धारणा राखे। संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ।