२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार निर्माणमा सघाउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आसन्न निर्वाचनका लागि आवश्यक पूर्वाधारमा सघाउन आग्रह गरेका छन्।

अन्तर व्यवस्थापिका संघको १५१अ‍‍ौ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बेलायत, चीन र श्रीलंकाका संसदीय प्रतिनिधि मण्डलसँगको छुट्टाछुट्टै भेटवार्तामा यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष दाहालले नेपालले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र आसन्न निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

भेटवार्ताको क्रममा दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलनबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका थिए।

दाहालले आईपीयूको एशिया प्यासिफिक ग्रुप अध्यक्ष समेत रहेका चिनियाँ नेता नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, बेलायती संसदीय प्रतिनिधि मण्डल र श्रीलंकाको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको हो।

सबै भेटमा राष्ट्रहरूबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य र सहयोग लगायतका विषयमा पनि छलफल भएको छ।

सचिवालयका अनुसार अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसंग उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा पनि जोड दिएका थिए।