२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डकी पूर्व प्रधानमन्त्री सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा

अ+ अ-

काठमाडौँ । थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छन् ।

यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।

३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गर्नुअघि नै कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको नैतिकता उल्लंघनको आरोपका कारण गत अगस्टमा अदालतले उनलाई पदबाट बर्खास्त गरेको थियो ।

थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ । ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन् ।

तर हालका वर्षहरूमा सिनावात्रा परिवारले कानूनी र राजनीतिक रूपमा कठिन चरणको सामना गर्दै आएको छ । ७६ वर्षीया थाक्सिनले आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहेका छन् । यसले परिवारमाथि थप दबाब सिर्जना गरेको छ ।