२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउसीभैलोको मौलिकता हराउँदै, तिहारमा विदेशी गीतको हावी

अ+ अ-

ढोरपाटन । तिहार पर्वसँग देउसीभैलोको गहिरो सम्बन्ध रहँदै आएको छ। जब तिहार सुरु हुन्छ, गाउँसहर जताततै देउसीभैलोको रौनक छाउँछ। यसपालि पनि यमपञ्चक सुरु भएसँगै बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा रमाइरहेका छन्। तर, वर्षौंदेखि नेपाली संस्कृतिको प्रतीक बनेको देउसीभैलोको मौलिकता भने बिस्तारै हराउँदै गएको छ।

एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेको भीड लागेको छ भने गाउँघरमा पनि उस्तै चहलपहल छ। तर अहिले भैलो खेल्दा गाइने गीत र नाचिने नाचमा पहिलेझैँ मौलिक स्वाद भेटिँदैन।

तिहारसँगै मादल, बाँसुरी, खैजडीजस्ता वाद्यबादन र सोरठी, मारुनी, कौरा, झ्याउरेजस्ता गीतहरू देउसीभैलोका अभिन्न अंग थिए। तर, अहिले ती परम्परागत बाजा बजाउने र गीत गाउने चलन हराउँदै गएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइ छ।

निसीखोला गाउँपालिका-४ का थमबहादुर पुन मगर भन्छन्, “पहिले देउसीमा सोरठी र मारुनी नाचिने गर्थ्यो, अहिले पप, र्‍याप र विदेशी गीतमा नाचिन्छ। पहिरनमा पनि मौलिकता हराइसकेको छ। कतिपय नाच त परिवारसँगै हेर्नै नसकिने छन्।”

उनीका अनुसार पछिल्ला वर्षमा पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिक रूप विकृत बनाएको छ।
“पहिला मादल, बाँसुरी र खैजडी बजाएर कथा र व्यथा सुनाइन्थ्यो। अहिले त बजारमा गीत बजाएर नाचिन्छ, गाउँमा पनि यही चलन छिरेको छ,” मगरले थपे।

बडिगाड गाउँपालिका-८ का प्रेमबहादुर काउचाको भनाइमा, “एक दशकअगाडि गाउँमा मौलिक कपडा र गीतसहित देउसीभैलो खेलिन्थ्यो, अहिले त्यो दृश्य हराएको छ।” आधुनिक प्रविधि, देखासिकी र मनोरञ्जनको नयाँ ढाँचाले मौलिक संस्कृतिमा अस्तित्वको संकट ल्याएको उनको बुझाइ छ।

काउचाले भने, “अहिले त गीत पनि चलाउने साउण्ड सिस्टम छ, कोही गाउने छैन, नाच्ने मात्र छन्। हाम्रा पालामा देउसीभैलो संस्कृतिको सन्देश थियो, अहिले त्यसको रूपान्तरण मनोरञ्जनमा सीमित भएको छ।”

उनीहरूले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तह, समुदाय र युवाको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।

“सहकार्य र समन्वय बिना मौलिक परम्परा जोगाउन सकिँदैन,” काउचाले जोड दिए। रासस