१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश सभा सदस्य शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

अ अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। 

सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेसँगै उनलाई पदमुक्त गर्ने निर्णय कायम भएको हो।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शर्मालाई कारबाही गरी पदमुक्त गर्न प्रदेशसभालाई पत्र पठाएको थियो। उक्त निर्णयविरुद्ध शर्मा सर्वोच्च अदालत गएका थिए। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न र शर्मालाई प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो।

शर्मा २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। नेता जनार्दन शर्मा पार्टीबाट अलग हुँदा उनी पनि त्यतै लागेका थिए। गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारको प्रचारप्रसारमा लागेको आरोपमा नेकपाले उनीमाथि कारबाही गरेको हो।

शर्मा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्।

0 Comments