१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वधशाला नभएका क्षेत्रमा सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्छ’ : महानिर्देशक डा. दाहाल

अ अ+ अ-

काठमाडौँ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशु वधशाला नभएका क्षेत्रमा मासु सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने बताएका छन्। 

जथाभाबी वध र जाँच नगरी मासु बिक्री गर्ने प्रवृत्ति रोक्न वधस्थलको व्यवस्थापन तथा निरीक्षण प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। 

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार आयोजना गरेको पशु वधशाला र मासु जाँच ऐन, २०५५ को कार्यान्वयनसम्बन्धी छलफलमा दाहालले वध गरिएको पशुको मासु बिक्रीअघि जाँच गराउनुपर्ने बताए। रोग लागेको वा उपभोगका लागि अनुपयुक्त मासु बिक्री गर्न नहुने उल्लेख गर्दै उनले रोग लागेर वा अन्य कारणले मरेका पशुको मासु प्रयोग नगर्न आग्रह गरे।

दाहालका अनुसार हरेक स्थानीय तहमा छुट्टाछुट्टै वधशाला आवश्यक नहुन सक्छ। मासुको माग, भौगोलिक अवस्था र सञ्चालनको सम्भाव्यता हेरेर वधशाला तथा वधस्थलको स्थान तय गर्नुपर्ने उनले बताए। काठमाडौँ उपत्यकाको माग पूरा गर्न कति वधशाला आवश्यक पर्छ भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ।

उनले सञ्चालनमा रहेका वधशाला र वधस्थललाई स्तरोन्नति गरी प्रयोगमा ल्याउन जोड दिए। ललितपुरको महालक्ष्मी नगरपालिकामा बङ्गुर वधशाला निर्माण अघि बढेको तथा खसीबोका वधका लागि उपयुक्त स्थान पहिचान गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी रहेको दाहालले जानकारी दिए। बुटवल, इटहरी र धादिङका वधशालाको अवस्था तथा सिन्धुलीमा निर्माणाधीन वधशालाबारे पनि छलफलमा जानकारी गराइएको थियो।

मासुमा मिसावट र गलत पहिचानबाट उपभोक्ता ठगिने जोखिम रोक्न नियमित अनुगमन आवश्यक रहेको दाहालले बताए।

0 Comments