काठमाडौँ । झापाको भद्रपुरस्थित बिर्तामोड नगरपालिका-५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
गएराति बिर्तामोड-५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिट गरिएका राजवंशी घाइते भएका थिए। उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
कुटपिटमा संलग्न भएको आरोपमा बिर्तामोड-५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका-७ बाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







