२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारतको साझा घाट निर्माण

अ+ अ-

काठमाडौँ । महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल-भारतको साझा घाट निर्माण गरिएको छ । बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक घाट निर्माण गरिएको हो ।

नेपालतर्फ मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८ धनुषाको मुखिया पट्टी मुसहरनिया गाउँपालिका–३ को तुलसियाही तथा भारततर्फ मधवापुर र रामपुर बजारका बर्तालुका लागि छटघाट निर्माण गरिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

दुई देश र दुई राष्ट्रियता भए पनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेवारी र सुख दुःख आदानप्रदानको उन्नत प्रचलनले दुवै देशका नागरिकले साझा छठ घाट निर्माण गर्दै आएका उनले बताए । “माझमा दशगजाले दुई देश छुट्याएको छ । हाम्रा भेषभूषा, भाषा, संस्कृति र चाडवाड समान छन् । हामीबीच सांस्कृतिक चाडपर्व एकआपसमा मिलेर मनाउने संस्कृति स्थापित छ, यो घाट यसैको उदाहरण हो”, नगरप्रमुख मण्डलले भने ।

शनिबार यसपालिको महापर्व छठ ‘नहाय-खाय’ विधिबाट सुरु हुँदैछ । लोक आस्थाको यस पर्वमा आइतबार ‘खरना’, सोमबार ‘सझुकाघाट’ र मङ्गलबार बिहान ‘पारन’ (भोरका घाट) विधि गरेर सम्पन्न गरिने छ । यसैका लागि नेपाल भारतको यो साझा घाट सजाउन नेपाल तर्फका मटिहानी र तुलसियाही एवं भारत तर्फका मधवापुर र रामपुरका नागरिक जुटेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर व्रतालुले अर्घ्य (अर्घ) दिनेछन् । यस घाटमा दुवै देशका गरी दुई हजारभन्दा बढी व्रतालुले अर्घ्य दिने र छठ घाट हेर्न १० हजारभन्दा बढी श्रद्धालु उपस्थित हुने अनुमान रहेको मटिहानी-७ का वडाध्यक्ष जितनारायण माझीले बताए ।

सझुकाघाटमा अर्घ्यको समयदेखि भोलिपल्ट बिहान भोरकाघाटको अर्घ्य दिँदासम्म व्रतालु र परिवारजन घाटमै छठी गीत गाउँदै जाग्राम बस्ने गर्छन् ।