२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संघीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ’-मुख्यमन्त्री आचार्य

अ+ अ-

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारद्वारा विकास बजेट रोकिँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक, पूर्वाधार, सहरी विकास, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका शीर्षकमा विनियोजित बजेट संघीय सरकारद्वारा रोकिँदा काम अघि बढ्न नसकेको बताए।

उनले भने, “संघीय सरकारले बजेट रोक्का गर्दा सहरी विकास, खानेपानी, सडकका काम रोकिएका छन् । वर्तमान अवस्थामा बजेटबिना काम गर्न समस्या हुन्छ । अर्घाखाँचीको विकासको गति अहिले निर्णयले कहाँ पुर्‍याउँदै छ ? देशको विकास के हुँदैछ रु यो विषयमा सरोकार भएका सबै जबाफदेहिता हुनुपर्छ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा काम भइरहेका उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । केही व्यक्तिले सरकारी कार्यालयमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने तथा अराजक गतिविधि गरिरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले भने, “निश्चित समूह केही व्यक्ति कार्यालय गएर कर्मचारीलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्नका लागि ठोस् कदम चाल्न सरोकार भएका सबैलाई अनुरोध गर्दछु । यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन । यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।” उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनालले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सबै राजनीतिक दल दलिय स्वार्थभन्दा माथि उठेर एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए । उनले काँग्रेसले आगामी फागुनमा हुने निर्वाचनको तयारी गरिरहेको बताउँदै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले जनताका काममा गुणस्तरीय र पारदर्शी तवरबाट सेवा प्रवाहमा ध्यान दिन कर्मचारी र जनप्रतिनिधिलाई आग्रह गरे । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ठाकुरकुमार विकले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि देशका सबै बामपन्थी र प्रगतिशील शक्ति एकै ठाउँमा उभिनुपर्ने बताए । उनले बामपन्थी शक्ति फेरी एक ढिक्का भएर लड्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनले नेपालको लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे।

एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खनाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य विक, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।