काठमाडौँ । जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रो पटक पुनर्गठन भएको छ ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्री डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको शपथ गराएका छन् ।
प्रधानमन्त्री कार्कीले सुरुमा आइतबार राष्ट्रपति पौडेलसमक्ष चार जनाको नाम सिफारिस गरेकी थिइन् । तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि काटियो । गणपतिलाल श्रेष्ठको पनि आइतबार शपथ भएन ।
प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । तेस्रो चरणमा विस्तार हुँदा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।







