२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले कसैले कल्पना नगर्न सूर्य थापाको चेतावनी

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमालेबिनाको देश केपी ओलीबिनाको एमाले कसैले कल्पना नगर्न चेतावनी दिएका छन् ।

आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले धमिलो पानीमा माछा मार्न पाउने गरी केही पाटीभित्र र बाहिरका व्यक्तिहरूले चलाएको गलत हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्दै पार्टीमा केपी ओलीको नेतृत्वको विकल्प नभएको जनाए ।

‘अहिले केही तत्वहरु एमालेबिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिँडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरू त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरूले कुनै दिवा सपना नदेखे हुन्छ अहिले देशमा एमालेबिना चल्न सक्दैन र एमाले केपी ओलीको नेतृत्वबिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ ।’

उनले एमालेको चिन्ता गर्दै सामाजिक सञ्जालमा अभियान चलाएकाहरूलाई भने ‘हिजो पार्टीमा रहेर अहिले चर्न गएकाहरूले बढी यस्ता कुरा उठाएका छन्, केही काँग्रेस, माओवादी वा यस्तै यस्तैले चलाएका छन्, एमालेको चिन्ता अरूले नगरे हुन्छ, आफ्नो थैली बाँधे हुन्छ, एमालेले आफ्नो निर्णय आफै गर्न सक्छ । हाम्रो नेतृत्व हाम्रो आवश्यकताको आधारमा गर्न सक्छ, कसैले बाहिर बसेर गोहीको आँसु नचुहाए हुन्छ ।’

नेता थापाले भदौ २३ र २४ गतेको आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको र अर्बौँको नोक्सानी भएको जनाए । ‘हामीले जेनजीहरुका जायज मागमा साथ दिन्छौँ तर उनीहरूलाई मोहोरा बनाएर विध्वंस मच्चाउनेहरूलाई कुनै पनि मानेमा साथ दिन सकिँदैन । राष्ट्रिय सम्पत्ति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गएपनि छाडिने छैन, अपराधीले छुट पाउनेछैन ।’ उनले भने-‘आन्दोलन कसको अगुवाईमा भएको रहेछ भन्ने केही खुल्दैछ र केही खुल्नेक्रममा छ, यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ अहिलेको आयोगले केही गर्न सक्दैन ।’

आन्दोलनपछि केही अन्यौलता परिरहेको समयमा एमालेले बिस्तारै सबै जिल्लामा यसखालका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उनले देशभरका ७७ जिल्लामध्ये अर्घाखाँचीले पहिलो पटक यति ठूलो प्रदर्शन गरेर देशव्यापी सन्देश दिएको जनाए । उनले एमाले कार्यकर्ताको बल अडिएको पार्टी भएकाले हरेक विषय वास्तविकतामा आधारित रहेर अघि बढ्न सुझाए ।

‘कागले कान लग्यो भनेर दौडने होइन आफ्नो कान हेरेर अघि बढ्नु कार्यकर्तालाई अनुरोध छ । सामाजिक सञ्जालमा आएका गलत प्रचारबाट जोगिएर तथ्यमा गएर अघि बढ्न आग्रह छ । एमाले कार्यकर्ताको बलमा अडिएको पार्टी हो’ उनले भने ।

नेता थापाले देशव्यापी एमालेमाथि आक्रमण हुनु बलियो शक्तिलाई कमजोर बनाउने षडयन्त्र भएको जनाएका छन् ।