२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भन्दै हेलिकप्टरको प्रबन्ध गर्ने तयारी

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावमा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भनेर त्यसअनुसारको तयारी गर्न खोजेको छ । यसका लागि मौसमविद्हरूको सल्लाह लिइएको छैन।

सामान्यतया फागुन महिनामा हिमपात हुने गरेकोले त्यसअनुसारको तयारी गर्न खोजिएको आयोगले जनाएको छ । तयारी अन्तर्गत चुनावको लागि हिमाली क्षेत्रमा हेलिकप्टरको प्रबन्ध गरिँदै छ ।

तयारी अन्तर्गत निर्वाचन आयोगले चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमानसहितको बजेट तयार पारेको छ ।

बजेटमा सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ । हेलिकप्टरबाट कर्मचारी खटाउने र निर्वाचन सामग्री ढुवानी गर्नुपर्ने अवस्थालाई ख्याल गरेर आयोगले आकस्मिक व्यवस्थापन शीर्षकमा बजेट राख्न खोजेको हो ।

खास गरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ ।

मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टरको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

खास गरी हिमाली क्षेत्रमा मौसमका कारणले निर्वाचन गराउन कठिन हुने अनुमानसहित यस्तो गर्न लागिएको आयोगले जनाएको छ । मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टरको व्यवस्था गर्ने र हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गर्ने गरी बजेट अनुमान गरिएको हो ।

निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची समेत तयार गर्दै छ ।

चाडपर्व सकिएकाले अब आवश्यक सामग्री किन्न सुरु गर्ने पनि आयोगको तयारी छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ । यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ ।