२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई मेटाले पालना गर्ने

अ+ अ-

काठमाडौँ। सामाजिक सञ्जाल सञ्चालक मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताएका छन्।

उनीहरूले यो कानुन डिसेम्बर १० देखि लागू भएपछि खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार, संसदमा मेटा, टिकटक सञ्चालक कम्पनी बाइटडान्स र स्न्यापच्याट सञ्चालक कम्पनी स्न्यापले प्रतिबन्धले युवाहरूलाई सुरक्षा दिन नसक्ने धारणा राखे । तर पनि, आफूहरू यहाँको कानुन मानेर तदनुरूप काम गर्न तयार रहेको उनीहरूले बताएका छन् ।

ती कम्पनीहरूले कानुन लागू हुनुअघि एक मिलियनभन्दा बढी उमेर नपुगेका एकाउन्ट होल्डरहरूलाई परिवर्तनका लागि तयार गर्न छिट्टै सम्पर्क गर्ने बताएका छन्।

विश्वभरका विधायकहरूले युवाहरूको मानसिक स्वास्थ्यबारे बढ्दो चिन्ताका कारण यो कानुनलाई नियालिरहेका छन्।

अस्ट्रेलियाको कानुनअनुसार, प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई रोक्न ‘उचित कदम’ चाल्नुपर्ने भनेको छ । अन्यथा, उनीहरूलाई ४९।५ मिलियन अस्ट्रेलियन डलरसम्मको जरिवाना लाग्न सक्छ।

यी प्लेटफर्महरूले यसअघि प्रतिबन्धले युवाहरूलाई सामाजिक सम्पर्कबाट वञ्चित गर्ने र अलगावमा राख्ने तर्क गरेका थिए।्

उनीहरूले कानुन कार्यान्वयन अनावश्यक रूपमा जटिल हुने पनि बताएका थिए। स्न्याप र युट्युबले आफूहरू सामाजिक सञ्जाल कम्पनी नभएको समेत तर्क गरेका थिए।

स्न्यापका ग्लोबल पोलिसी तथा प्लेटफर्म अपरेसन्सका वरिष्ठ उपाध्यक्ष जेनिफर स्टाउटले भिडियो लिंकमार्फत भनिन्, ‘हामी सहमत छैनौँ, तर हामी यो कानुनलाई स्वीकार गर्छौँ र यसको पालना गर्नेछौँ।’

टिकटकको अस्ट्रेलियाका लागि सार्वजनिक नीति प्रमुख एला वुड्स-जोइसले पनि चिनियाँ स्वामित्वको प्लेटफर्म प्रतिबन्धको विपक्षमा रहेको दोहोर्‍याइन् तर उनले अगाडि थपिन्, ‘टिकटकले कानुनको पालना गर्नेछ र आफ्नो दायित्व पूरा गर्नेछ ।’

मेटाका अस्ट्रेलिया र न्युजिल्यान्डका नीति निर्देशक मिया गार्लिकले कम्पनीले छिट्टै १६ वर्षभन्दा मुनिका भनी पुष्टि भएका लगभग ४५०,००० खाता धनीहरूसँग इन्स्टाग्राम र फेसबुकमा सम्पर्क गर्ने बताइन्। उनीहरूलाई तस्बिरहरू र अन्य डेटा मेटाउने वा १६ वर्ष नपुग्दासम्म भण्डारण गर्ने विकल्प दिइनेछ।

अस्ट्रेलियामा १६ वर्ष मुनिका २ लाख बालबालिकाले टिकटक एकाउन्ट बनाएका छन् भने स्न्यापका ४ लाख ४० हजार खाताहरू छन् । उनीहरू दुवैले मेटाको जस्तै कदम चाल्ने बताएका छन्।

कम्पनीहरूले १६ वर्षभन्दा माथिको दाबी गर्ने खाता धनी वास्तवमै नाबालिग हो कि होइन भनेर पत्ता लगाउन स्वचालित व्यवहार ट्र्याकिङ सफ्टवेयर प्रयोग गर्ने पनि थपेका छन्।

वुड्स-जोइसले भनिन्, ‘जहाँ हामी कसैलाई २५ वर्षको छु भन्दै गरेको तर व्यवहारले १६ वर्षभन्दा मुनिको हो भनी सङ्केत गर्छ भने, डिसेम्बर १० देखि हामी ती खाताहरूलाई निष्क्रिय गर्नेछौँ।’

गलत तरिकाले १६ वर्षभन्दा मुनिको ठहर भएका प्रयोगकर्ताहरूका लागि, मेटा र टिकटकले उनीहरूलाई तेस्रो(पक्ष उमेर अनुमान उपकरणमा पठाउने बताए। स्न्यापले भने गलत तरिकाले ब्लक भएको विश्वास गर्ने प्रयोगकर्ताहरूका लागि समाधानमा काम गरिरहेको बताएको छ।