काठमाडौँ । सिंहदरवार क्षेत्रमा आज सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रधानमन्त्री सुशीला कार्की र जेनजेड आन्दोलनमा घाइते भएका ९ जनाबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले वार्ता जारी छ।
प्रशासन सिंहदरवार विशेष स्रोतका अनुसार, घाइतेहरूसँग चलिरहेको वार्ता शान्तिपूर्ण ढंगले अघि बढोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा बनाइएको हो।









