सोलुखुम्बु । सोलुखुम्बु भ्रमणको क्रममा अस्वस्थ भएका डेनमार्कका एक नागरिकलाई नेपाली सेनाले तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाएको छ।
कार्तिक १० गते, डेनमार्कका नागरिक अचानक अस्वस्थ भई अचेत भएपछि नेपाली सेनाको भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले तत्काल उद्धारमा सक्रियता देखाएको थियो। सेनाको टोलीले उनलाई नाम्चे बजारस्थित सामुदायिक अस्पतालबाट हेलिप्याडसम्म सुरक्षित रूपमा पुर्याएको थियो।
त्यसपछि सेनाले हेलिकप्टर मार्फत उनलाई थप उपचारका लागि काठमाडौँ लैजान सहयोग गरेको थियो।









