२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान भित्र्याउने बेला वर्षाले  बिगारेपछि किसान चिन्तित

अ+ अ-

काठमाडौँ । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि पाल्पाका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ । 

यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहार पर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी पर्‍यो । दिउँसो काटेको बाली राति परेको पानीले बरबाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए ।

खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताइन् । “बुधबार धान स्याहार्ने योजना बनाएको थिए । आज बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै  पानी आएको भए पनि धान भित्र्याइसक्थे”,उनले भनिन् ।

यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । “सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मंगलबारलाई राखेका थियौँ, पानी आइहाल्यो”,उनले भने, “पानी परेकाले धान स्याहार्न  नसकिएको हो, आज आँगन भिजेको छ ।” 

पोखराथोककी मिना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गरेकी थिइन् । तर भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि उनी चिन्तित छन् । 

“धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो”, कुमालले भनिन्,“दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।”

बाली भित्र्याउने बेला पानीले क्षति पुर्‍याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याउँदै थिए । केहीले पानी पर्ने भन्दै हतार हतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धान बालीमा क्षति पुग्यो । 

कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आई नसकेको बताइन् । उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाई मार्फत क्षति विवरण संकलनका लागि आग्रह गरिएको बताइन् । 

केन्द्र प्रमुख पाण्डेले  भनिन्, “स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठुलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण संकलन भएपछि विवरण सार्वजनिक गर्नेछौँ । ” 

बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ । 

जिल्लामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षेधान, ७०५ हेक्टरमा चैतेधान र २७ हजार २१२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । यसवर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षेधान लगाइएको कृषि ज्ञानको तथ्यांक रहेको छ ।