काठमाडौँ । सोल्टी होटेलले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पुँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश दिने भएको छ ।
जसमा १६.५७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । साथै कम्पनीले १५ प्रतिशत बोनस सेयर पनि प्रदान गर्ने भएको छ । यस कम्पनीको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो । १० रुपैयाँकै आधारमा नगद लाभांश प्रदान हुनेछ ।
लाभांश पारित गर्न सोल्टी होटेलले आफ्नो ५१ औँ वार्षिक साधारण सभा आउँदो मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौँको त्रिभुवन आर्मी अफिर्स क्लबमा बिहान १० बजेदेखि हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ५ गतेभन्दा अघिसम्म कायम शेयर धनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।







