काठमाडौँ । प्रतिनिधि सभा विघटनको रिटमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई लगायतले सुरुवाती बहस गर्दैछन् । उनीहरूले रिट निवेदकको पक्षबाट बहस गर्न लागेका हुन् ।
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ । इजलासमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधि सभा विघटन गरेका थिए ।







