२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपांगमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा

अ+ अ-

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपांगमैत्री भवन निर्माण गरिएको छ ।

रु. एक करोड ५३ लाखमा आठ कोठाको दुई तले अपांगमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिए । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उनले बताए ।

शारीरिक अपांगता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताए । “विद्यालयमा शारीरिक अपांगता भएका विद्यार्थीका लागि छात्र बाससहित अध्यापन हुने गर्छ, तर अपांगमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उनले भने ।

बुधवार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपांगता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताए । तुलसीपुर अपांगता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपांगमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताए । उक्त विद्यालयमा १२ जना अपांगता भएका बालबालिकालाई छात्र बासमा राखेर अध्यापन गर्ने गरिएको छ ।