काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने भएको छ । बुधवारदेखि सुकेधाराको मिराकल पार्टी भेन्युमा सुरु भएको बैठक बिहान १० बजे पुन: बस्न लागेको हो ।
बैठकको पहिलो दिन बुधवार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आज अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेता माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन्।
बैठकले पार्टीको वैचारिक दृष्टिकोण तथा सैद्धान्तिक विषयको निर्णय, पुनर्गठनको कार्य योजनासहित अहिलेको नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ।
बैठकमा जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताविरुद्ध विभिन्न अभियान सञ्चालनसम्बन्धी विषय तथा आवश्यक कार्यक्रम अनुमोदन गरिने छ।







