२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेनजी प्रदर्शनमा घुसपैठ भएर न्यायालयमाथि प्रहार भयो’: शंकर पोखरेल

अ+ अ-

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी प्रदर्शनका क्रममा घुसपैठ भएर न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार भएको बताएका छन् । 

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले न्यायालयमाथिको आक्रमण सामान्य नभएकाले निष्पक्ष छानबिन गरी आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले न्यायालय र प्रहरी प्रशासनमाथि प्रहार नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्रको परिणाम भएको टिप्पणी गरे । 

“जेनजी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन् । युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी छ । सुशासन र भ्रष्टाचारविरुद्धको माग राख्दै गरिएको प्रदर्शनमा स्वार्थी तत्त्वले घुसपैठ गरेर इतिहास मेटाउने प्रयास गरियो”, महासचिव पोखरेलले भने, “युवाको आकांक्षा बुझेर मुलुकमा सुशासन कायम गरी कानुनी राज्य स्थापनामा सबैको सहकार्य र समन्वय आवश्यक छ ।” 

जेनजी प्रदर्शन दबाउन प्रहरी र न्यायालयको कुनै भूमिका नभएको उनले धारणा राखे । न्याय प्रणालीलाई कमजोर बनाएर देशलाई कमजोर बनाउन खोजिएको उनको भनाइ छ ।

प्रदर्शनका नाममा प्रहरीका हतियार लुटिनुका साथै कैदी बन्दी बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले आम नागरिकमा भय र त्रास फैलाएको बताए । उनले भने, “स्थानीय तह, मातपोत, अदालत, यातायात, राजस्व कार्यालयलगायत सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको छ । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन तटस्थ र निष्पक्ष ढंगले गर्नुपर्दछ ।”

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष शुधासुमन ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सचिव निमुसंगम घर्तीले गरेका थिए ।