२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि थोक बजारको भवनमा कोशी प्रदेश सभा राख्ने तयारी

अ+ अ-

काठमाडौँ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा प्रदेश सभा भवन र प्रदेश सभा सचिवालय ध्वस्त भएपछि कोशी प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको छ ।

आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालयमा आगजनी, तोडफोड र लुटपाट भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा राख्ने तयारी गरेको हो । कोशी प्रदेश सरकारले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारको भवनमा प्रदेश सभा राख्ने तयारी गरेको हो ।

संघीय कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तर्गत करिब १७ करोडको लागतमा कटहरी गाउँपालिका-१ मा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण गरिएको थियो । विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको कटहरी गाउँपालिकामा बनेको सो भवनमा विराटनगरको तरकारी बजार सार्ने तयारी सहित कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण भए पनि सो भवनमा गुद्री नसरेपछि प्रयोगमा आउन सकेको थिएन । प्रदेश सरकारको आफ्नै भवन भएकाले सो स्थानमा प्रदेश सभा सार्ने तयारी भएको हो । यसका लागि बिहीबार प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले भवनको निरीक्षण र अनुगमन गरेका छन् ।

‘कृषि थोक बजारमा प्रदेश सभा सार्ने तयारी भए पनि निर्णय भने भइसकेको छैन । भदौ २३ र ३४ गते भएको आन्दोलनका क्रममा प्रदेश सभा पूर्ण रूपमा ध्वस्त भएको छ । सचिवालय भवन पनि ध्वस्त भएपछि प्रदेश सरकारले नयाँ स्थानमा प्रदेश सभा स्थापनाको तयारी गरेको हो ।’ कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले भने ।

प्रदेश सरकारले यस अघि विरेन्द्र सभा गृहमा प्रदेश सभा सार्ने तयारी गरेको थियो । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको सभागृहको भाडा महँगो हुने भएपछि आफ्नै संरचनामा प्रदेश सभा राख्ने तयारी थालिएको छ ।