२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० करोड लगानीमा नवलपरासीमा बिकाजी स्न्याक्स फ्याक्ट्री खोल्दै सीजी

अ+ अ-

काठमाडौँ। चौधरी ग्रुपको एफएमसीजी कम्पनी सिजी फुड्सले भारतको चर्चित स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्कमा बिकाजी स्न्याक्स फ्याक्ट्री निर्माणको शिलान्यास गरेको छ ।

बुधबार आयोजित भूमिपूजन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रबन्ध निर्देशक वरुण चौधरीले स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी तथा कम्पनीका वरिष्ठ अधिकृतहरूको उपस्थितिमा प्लान्टको शिलान्यास गरे । जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपका धेरै व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएर ठूलो क्षति पुगेको थियो ।

यद्यपि, त्यस्ता घटनाले ग्रुपको नेपालप्रतिको प्रतिबद्धता कमजोर नबनेको प्रबन्ध निर्देशक निर्वाण चौधरीले यसअघि नै सार्वजनिक रूपमा बताएका थिए । त्यसको करिब डेढ महिना नबित्दै चौधरी ग्रुपले नेपालमै बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याउँदै नयाँ औद्योगिक परियोजना अघि बढाएको हो ।

बिकाजीसँगको साझेदारीमा निर्माण हुन लागेको यो प्लान्टमार्फत भुजिया, नमकीनलगायत बिकाजीका लोकप्रिय स्न्याक्स उत्पादन गरिने भएको छ । यो लगानीले नेपालको खाद्य उद्योगमा नयाँ गति आउने, आयात निर्भरता घट्ने तथा उपभोक्ताले विश्वस्तरीय उत्पादन पाउने ग्रुपको अपेक्षा रहेको छ ।

पहिलो चरणमा करिब ५० करोड रुपैयाँको लगानी रहने यो प्लान्टले करिब ४०० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिने बताइएको छ । नेपालको अग्रणी फुड उत्पादक सिजी फुड्सले ‘वाइ वाइ’ ब्रान्डमार्फत ६३ देशमा बजार विस्तार गरिसकेको छ। अब कम्पनीले नयाँ उत्पादन वर्गमा विस्तार गर्दै नवप्रवर्तन, रोजगारी सिर्जना र राष्ट्रिय औद्योगीकरणमा थप योगदान पुर्‍याउँदै आएको छ।

शिलान्यास समारोहमा बोल्दै प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालको अर्थतन्त्रले नयाँ ऊर्जाको आवश्यकता महसुस गरिरहेको बेला नयाँ क्षेत्रमा लगानी गरेको र यसले नेपालप्रतिको चौधरी ग्रुपको प्रतिबद्धता व्यवहारमा पुन:सिद्ध गरेको जनाएका छन् । उनले यस परियोजनाले स्थानीय किसान, आपूर्तिकर्ता तथा ग्रामीण क्षेत्रमा औद्योगिक गतिशीलता वृद्धि हुने विश्वास पनि व्यक्त गरेका छन् ।