२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाँचबुझ आयोगद्वारा क्षतिको विवरण संकलन

अ+ अ-

काठमाडौँ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा भएको क्षतिको जाँचबुझ आयोगले विवरण संकलन थालेको छ । 

आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले कञ्चनपुरमा आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण संकलन गरेका हुन् । 

आयोगका सदस्य भण्डारी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले जेनजी आन्दोलनका क्रममा भएका घटनाको विवरण सरेका हुन्। 

सो क्रममा आयोगका सदस्य भण्डारीले आन्दोलनमा क्षतिग्रस्त महेन्द्रनगरस्थित निवर्तमान गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता निरुदेवी पाल र भीमदत्त नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्र विष्टको क्षतिग्रस्त घरको निरीक्षण पनि गरे। 

आयोगका सदस्य भण्डारीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रमुख एवं आन्दोलनका क्रममा पीडितहरूसँग अन्तरक्रिया गरेका छन्। 

अन्तरक्रियामा यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले आन्दोलनमा व्यक्तिका घर र सम्पत्ति आगजनी र लुटपाट भएको बताउँदै उक्त घटनाको छानबिन हुनुपर्ने बताए । “कुनै व्यक्ति भ्रष्टाचारमा संलग्न छ भने उसलाई कारबाहीको दायरामा ल्याउने हो तर यहाँ निजी सम्पत्तिमा आगजनी र लुटपाट भएको छ,” उनले भने, “उक्त घटनाको छानबिन गरी दोषीलाई सरकारले कारबाही गर्नुपर्छ ।” 

उनले आफ्नो घरमा आगजनी र लुटपाटबाट रु. ६२ लाख बराबरको क्षति भएको बताए । छलफलमा सहभागी अन्य पालिकाका प्रमुखहरूले समेत उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन् ।  

सदस्य भण्डारीले आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गरेर सरकारलाई सिफारिस गर्ने बताए । “आन्दोलनमा भएको क्षतिको कति क्षतिपूर्ति दिन सक्छ त्यो राज्यले गर्ला,” उनले भने, “आयोगले राज्यलाई घटनामा भएको क्षति विवरण संकलन गरेर सिफारिस गर्छ ।” 

अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, आन्दोलनका क्रममा पीडित भएका परिवारका सदस्यहरू सहभागी थिए ।