२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३६ दिनमा ८५ हजार १०७ नयाँ मतदाता थपिए 

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले पछिल्लो पटक मतदाता नामावली संकलन सुरु गरेको ३६ दिनमा ८५ हजार १०७ मतदाता थपिएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँबाट ११ हजार २३० जना मतदाता थपिएका छन् ।

ललितपुरबाट ४ हजार ९९३ जना, भक्तपुरबाट ३ हजार ४३७ जना, मोरङबाट ३ हजार २८४ जना, चितवनबाट ३ हजार ६३ जना, रुपन्देहीबाट ३ हजार ३२ जना, झापाबाट २ हजार ९७८ जना, सुनसरीबाट २ हजार ६२३ जना, सप्तरीबाट २ हजार ३५५ र बाराबाट २ हजार ३३१ जना नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । जारी मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म नामावली दर्ता गर्न सक्नेछन् ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन कार्य स्वतः स्थगित हुने प्रावधान छ ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरूको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन सरकारले अध्यादेश ल्याएको हो ।

अध्यादेशअनुसार आयोगले मतदाता नामावली संकलन गत असोज ९ गतेबाट सुरु गरेको हो । जस अन्तर्गत मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।

यसका अलावा विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँ सारी गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा त्रुटि भएमा पनि सच्याउन सकिनेछ ।