२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब अनलाइन मिडिया दर्ता शुल्क ५ हजार, तोकिएको अवधिभित्र नवीकरण नगरे प्रमाणपत्र स्वतः रद्द

अ+ अ-

काठमाडौँ। सरकारले हालै जारी गरेको ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ मार्फत अनलाइन सञ्चारमाध्यमलाई सूचना विभागको प्रत्यक्ष निगरानीमा ल्याएको छ ।

यस नियमावलीले अनलाइन मिडियाको दर्ता र नवीकरण प्रक्रियालाई विभागबाटै अनिवार्य गर्दै त्यसका लागि शुल्क तोकिएको छ । अब अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहनेले निश्चित शुल्क तिरेर विभागबाट अनुमति लिनुपर्नेछ ।

नियमावलीअनुसार, कुनै पनि संस्थाले अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्नका लागि सूचना तथा प्रसारण विभाग अन्तर्गतका स्थानीय अधिकारीसमक्ष ५ हजार रुपैयाँ दस्तुरसहित निवेदन दिनुपर्नेछ । यस्तै दर्ता भइसकेपछि अनलाइन सञ्चारमाध्यमको प्रमाणपत्रको बहाल अवधि एक आर्थिक वर्षको हुने व्यवस्था कायमै राखिएको छ ।

यो अवधि समाप्त हुनुअघि नै २ हजार ५०० रुपैयाँ शुल्क तिरेर प्रमाणपत्र नवीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ । यदि नवीकरणमा ढिलाइ भएमा संस्थाले जरिवाना शुल्क तिर्नुपर्नेछ । नियमावलीले पहिलो महिनामा १० प्रतिशतदेखि सातौँ महिनापछि २०० प्रतिशतसम्म थप दस्तुर लाग्ने व्यवस्था गरेको छ ।

तोकिएको अवधिभित्र पनि नवीकरण नगरेमा प्रमाणपत्र स्वतः रद्द हुने प्रावधान राखिएको छ । यद्यपि, नियमावली लागू हुनुअघि दर्ता भएका अनलाइन सञ्चारमाध्यमका लागि भने २०८२ पुस मसान्तसम्म नवीकरण दस्तुरमा पूर्ण छुटको व्यवस्था गरिएको छ, जसले पुराना अनलाइन मिडियालाई केही राहत दिएको छ ।