२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायी सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । युवा व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई गएराति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का २४ वर्षीय राजबहादुर कार्की, सोही स्थानका २४ वर्षीय प्रकाश तामाङ र वडा नं १३ का २१ वर्षीय सनम सुनार रहेका छन् । उनीहरूलाई मुग्लिनबाट पक्राउ गरिएको उनले बताए ।

भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको पपुलर शैलुनका सञ्चालक सिग्देललाई अपरिचित समूहले बिहीबार अपराह्न आक्रमण गरेको थियो । काम सकेर घर फर्कने क्रममा उनलाई सिजी ल्याण्डमार्कको पार्किङमा तीन जनाको समूहमा आएकाहरूले आक्रमण गरेका प्रहरी नायब उपरीक्षक खनालले बताए ।

सिसी टिभी फुटेजमा उनीहरू सिजी ल्याण्डमार्कको प्रवेशद्धारमा कुरेर बसेका र सिग्देललाई त्यहाँ देख्नासाथ मोटरसाइकलको हेलमेट प्रयोग गरेर आक्रमण गरेका अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जनाएको छ । अक्रमणमा सिग्देलको हात र टाउकोमा चोट लागेको छ । 

खनालले भरतपुर अस्पतालमा उपचार भइरहेको जनाउँदै यसअघि उनीमाथि सोही ठाउँमा आक्रमण भएको बताए । पक्राउ परेकाहरूसँग घटनाका बारेमा सोधपुछ भइरहेको बताउँदै यसबारे थप अनुसन्धान जारी रहेको उनले जानकारी दिएका छन् ।