सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका कार्यपालिका सदस्यको हृदयाघातका कारण मृत्यु भएको छ । धर्मदेवी नगरपालिका-८ निवासी कार्यपालिका सदस्य देवकुमारी कार्कीको हृदयाघातका कारण मृत्यु भएको नगरप्रमुख उदयचन्द्र पौडेलले बताए । उनको आज उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको नगरप्रमुख पौडेलले जानकारी दिए ।
शुक्रवार हृदयाघात भएपछि सदस्य कार्कीलाई तत्कालै नोबेल अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युको शोकमा आइतबार एक दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय बिदा दिने निर्णय भएको नगरप्रमुख पौडेलले जानकारी दिए ।







