२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

अ+ अ-

चितवन । भदौ २३ र २४ गते भएको युवाहरूको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरू रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का समीर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आए। युवा पुस्ताको आन्दोलनपछि उनीमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आएका हुन् । उनले भने “युवाहरू भएपछि केही गरौँ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गराएको हुँ ।”

युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने उनले बताए। सञ्चुकुमारी तामाङ पहिलो पटक मतदान गर्ने योजनाका साथ मतदाता नामावलीमा नाम दर्ता गराउनु आएकी छन्। युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताइन् । अहिलेसम्म युवाको विषयमा सोच्ने नेतृत्व नहुँदा मतदाता नामावलीमासमेत नाम दर्ता नगराएको उनको भनाइ छ ।

लामो समय विदेशमा बसेर स्वदेश फर्किएकी दीपक पन्त आफ्नो श्रीमतीसहित मतदाता नामावलीमा नाम दर्ता गराए। अब देशमा केही हुन्छकी भन्ने आशाका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनले बताए । पटक–पटक बिदामा स्वदेश आउँदासमेत नामावली दर्ता गर्ने चाहना नभए पनि अहिले ऊर्जा बढेको उनको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा ३ हजार ५२९ जना नयाँ मतदाता थपिएका छन् । कार्यालयले असोज ९ गतेदेखि नयाँ मतदाता नामावली संकलनको काम सुरु गरेको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार तीन हजार ५२९ जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये ५२९ जना जिल्ला बाहिरका रहेका छन् । नामावली दर्ता गर्नेमा ९० प्रतिशत २५ वर्ष मुनिका रहेका छन्,भने १० प्रतिशत २५ वर्ष माथिका रहेका छन् ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली संकलनको काम भइरहेको हो । नामावली संकलनको काम कात्तिक महिनाभर मात्रै हुने छ । यसरी नामावली दर्ता गर्न आउनेमा स्वत:स्फूर्त आएको पाइएको उनले बताए ।

उनका अनुसार अहिलेसम्म राजनीतिक दलहरूले कार्यकर्तालाई ल्याएका छैनन् । उनले भने “दलहरूले गाडीमा ल्याउने गरेका थिए । तर अहिले त्यस्तो छैन । आएका मतदाता स्वतस्फूर्त आएका हुन ।” विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए ।