काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ।
प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.४७ अंकले घटेर २६२९.६६ विन्दुमा अडिएको छ। यो समयमा ३७ वटा क्रिप्सको १ हजार ६३० कित्ता सेयर ८ लाख ३७ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ । २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।







