काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित बसुन्डोलबाट लागु औषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि-२ नागढुंगा घर भएका २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दीप भुजेल छन् ।
आइतबार प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी सहायक हवल्दार किशोर खत्री नेतृत्वको टिमले चेकजाँच गर्दा उनीहरूको साथमा लागुऔषध फेला परी पक्राउ गरेको हो ।
उनीहरूको साथमा प्रहरीले ट्रामाडोल ५०३ क्याप्सुल बरामद गरेको छ । साथै सवार बा.८० प ८९१५ नम्बरको एनएस मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । हाल दुबैलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।







