२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरियाका राजदूत पार्क तइ योङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको  द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकताका सम्बन्धमा छलफल भएको सञ्चार मन्त्री खरेलको सचिवालयले जनाएको छ ।

भेटमा सञ्चार मन्त्री  खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे । 

यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराए ।

सञ्चार मन्त्री खरेलले रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियाले लामो समयदेखि नेपाली युवालाई रोजगारी प्रदान गरिरहेकोमा सराहाना गरे ।  

सो अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तइ योङले मन्त्री खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

राजदूत योङले नेपालमा दक्षिण कोरियाली सहयोगमा सञ्चालित परियोजनाको अवस्था तथा नेपालमा कोरियाली सरकारको सहयोगको प्राथमिकताका विषयमा जानकारी गराउँदै कोरिया सरकार नेपालको शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमार्फत आर्थिक रूपान्तरण एवम् समृद्धिका लागि सहयोग गर्न तत्पर रहेको जानकारी गराए । 

राजदूत योङले नेपाली युवा मेहनती र इमानदार रहेको तथा पछिल्लो समय नेपाल कोरियामा वैदेशिक रोजगारीमा पठाउने उत्कृष्ट मुलुक रहेको उल्लेख गरे । भेटमा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।