२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

अ+ अ-

काठमाडौँ । महाधिवेशन मितिमा विवाद हुँदा पटक-पटक स्थगित हुँदै आएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

शुक्रबार देखि बस्न नसकेको नेपाली काँग्रेसको बैठक आजदेखि बस्न सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा बैठक २८ असोजदेखि सुरु भएको थियो ।

बैठकमा १५ औँ महाधिवेशनको मितिबारे छलफल हुने नेताहरूले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

महाधिवेशन चुनावअघि र वा पछि गर्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक आव्हान गर्ने र स्थगित हुँदै आएको थियो । शीर्ष तहका नेताहरूको शनिबार देखि निरन्तर बैठक बसे पनि महाधिवेशनका लागि साझा प्रस्ताव भने सहमति जुट्न सकेन । आज बसेको बैठकमा महामन्त्री गगन थापा चुनाव अघि महाविशेष गर्ने गरी प्रस्ताव लाने तयारीमा छन् ।

अर्कोतर्फ, संस्थापन पक्षबाट चुनाव पछि महाधिवेशन हुने गरी कार्यतालिका पेश गर्ने तयारी गरेको नेताहरूले जानकारी गराएका छन् ।

सहमतिको प्रयास स्वरूप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

नेपाली काँग्रेसको संस्थापन पक्षको भेलाले १५औँ महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।