काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालयका प्रमुख र वडा अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलवार अख्तियारले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा नं. २ का वडा अध्यक्ष जगदिश मंडलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूसहित एक कन्सल्टेन्ट प्रा.लि. उपर पनि गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।










