२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेतृत्वको अहंकार र स्वेच्छारिताले संवाद र संघर्षको सबै ढोका बन्द भएको जनार्दन शर्माको निष्कर्ष (दस्ताबेजसहित)

अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ४० वर्षदेखिको साथ छाड्दै माओवादी राम कार्की, जनार्दन शर्माले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गरेका छन् ।

‘प्रगतिशील अभियान, नेपाल’ नाम दिएर थालिएको उक्त अभियानको मूल नारा विद्रोह जायज छ, विद्रोह अधिकार हो : समाजवादी ऐक्यवद्धता-आजको आवश्यकता मूल नारा दिइएको छ ।

‘प्रचण्ड’ नेतृत्वलाई दीर्घकालीन वैचारिक विचलन र इतिहासको अभिभारा बिर्सिएको आरोप लगाइएको छ । कम्युनिष्ट आन्दोलनको पुरानो पुस्ताका नेताहरूले ‘वर्गीय र क्रान्तिकारी’ पदचापलाई भुलेर वैचारिक विचलन, अवसरवाद र नेतृत्वमा पुँजीवादको चरित्र प्रदर्शन गरेकोले अभियान सुरु गरिएको शर्मा समूहको विज्ञप्तिमा उल्लेख छ ।

शहीदहरूको बलिदानलाई धोका नदिई क्रान्तिकारी विचार र व्यवहारमा आधारित शुद्ध कम्युनिष्ट पार्टी निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

विज्ञप्तिमा नेताहरूको व्यक्तिगत जीवनशैलीमाथि समेत गम्भीर प्रश्न उठाइएको छ । नेताहरूले ‘बुर्जुवा, काल्पनिक, आदर्शवादी, जनविरोधी संस्कृति’ प्रदर्शन गरेको र उनीहरूको जीवन तथा व्यवहारमा श्रमजीवी वर्गको प्रतिनिधित्व र क्रान्तिकारी मर्यादा नभएको आरोप लगाइएको छ ।

शर्माले नेतृत्वमा अहंकार, स्वेच्छाचारिता बढेको भन्दै आलोचना सुन्न नसक्ने प्रवृत्तिका कारण वैचारिक संवाद र संघर्षका सबै ढोका बन्द भएको निष्कर्ष निकालेका छन् ।