काठमाडौँ। केन्द्रीय प्रहरी प्रवक्तामा डिआइजी अबिनारायण काफ्ले तोकिएका छन् । वर्तमान प्रवक्ता विनोद घिमिरे प्रबन्ध विभागमा सरुवा भएपछि नवनियुक्त डिआइजी काफ्ले उक्त जिम्मेवारीमा गएका हुन् ।
हालै पाँच एसएसपी डिआइजीमा बढुवा हुँदा काफ्ले पाँचौँ नम्बरमा थिए। २०५४/१२/१६ मा नेपाल प्रहरीको असईमा भर्ना भई २०५६/०३/०३ मा इन्स्पेक्टरको खुला प्रतिस्पर्धाबाट बढुवा हुँदै अहिले डिआइजीमा बढुवा नियुक्त भएका हुन् ।







