काठमाडौँ । विभिन्न गाउँपालिकाका चार प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना अधिकृत स्तरका कर्मचारीको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वडिगाड, मोदी, कानेपोखरी र बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत शाखा अधिकृत तथा ईन्जिनियरहरुको सरुवा गरेको हो ।









