२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामकुमारी झाँक्रीले भनिन् : ‘एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर हाम्रो यात्रा टुंगियो’

अ+ अ-

काठमाडौँ । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरूको यात्रा पनि टुंगिएको बताएकी हुन् ।

माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका छन् ।

आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दै गर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन् ।

‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौँ । त्यो अब समाप्त भएको छ,’ उनले भनिन्, ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटन सँगसँगै टुंगियो ।’

अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै उनले भनिन्, ‘जब हाम्रो बाटो पनि अवरुद्ध हुन्छ त्यतिबेला कसरी अगाडि बढ्ने भन्नका लागि पनि बाटोमा उभिनुपर्छ । यात्रालाई पज गर्नुपर्छ । त्यसपछि उपयुक्त मार्गहरू प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्ने हुन्छ ।’

रामकुमारी झाँक्रीभन्दा अगाडि बोलेका एकीकृत समाजवादीका अर्का नेता किसान श्रेष्ठले आफूहरू नि:सर्त एमालेमा फर्किन लागेको जानकारी गराएका थिए ।

उनले भनेका थिए, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’